माइतीघरमा आन्दोलन गर्न पुगेका डा. गोविन्द केसीसहित आधा दर्जन पक्राउ

शनिबार, पुस २१, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको माइतीघरबाट डा.गोविन्द केसीसहित आधा दर्जन पक्राउ परेका छन्।

Honor x7 pad

सशस्त्र द्वन्द्व पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राख्दै आज माइतीघरमा आन्दोलन गर्न पुगेका डा. केसीसहित आधा दर्जनलाई प्रहरीले पक्राउ गरेको हो।

मंसिर ५ गतेदेखि स्थानीय प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र तोकेको थियो। प्रहरीले त्यसबारेमा डा. केसीलाई जानकारी गराउँदै आन्दोलन नगर्न भनेको थियो।

तर, डा. केसीले माइतीघर निषेधित क्षेत्र नभएको बताउँदै अदालतको आदेश देखाउन भनेका थिए।  निषेधित क्षेत्रमा आन्दोलन गर्न गएकाले डा. केसीसहितलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्