रास्वापाको सदस्य भएको इमेल जब कांग्रेस नेता आचार्यलाई पुग्यो....

शुक्रबार, पुस २०, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) नेपाली  कांग्रेसका महासमिति सदस्य एवं एनआरएनएका केन्द्रीय उपाध्यक्ष नारायण प्रसाद आचार्यलाई पार्टीको सदस्य भएको इमेल प्राप्त भएको छ।

आफुलाई रास्वपाले इमेलमार्फत सदस्य भएको भनेर पठाएको बारेमा नेता आचार्यले फेसबुकबाट विरोध प्रकट गरेका छन् ।

उपाध्यक्ष आचार्यले आफ्नो प्राईभेट इमेलमा रास्वपाको 'नो रिप्लाई' इमेलमार्फत तपाईं पार्टीको सदस्य बन्नुभएको भनेर लेखिएको इमेल आउँदा आफू आश्रयचकित परेको बताए। आचार्यले भने त्यसमा आफ्नो पूरा नाम थरसहित तपाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बनेको लेखिएको रहेछ। 

उक्त इमेलमा तपाईंको सदस्यता शुल्क समेत प्राप्त भइसकेको लेखिएको नेता आचार्यले बताएका छन् ।

आचार्य नेपाली जनसम्पर्क समिति नेदरल्यान्डका अध्यक्ष एवं एनआरएनए नेदरल्यान्डका पुर्व अध्यक्ष समेत हुन् । 

यता रास्वपाले प्राबिधिक समस्याका कारण उहाँलाई इमेल जान पुगेको बताएको छ।

यस्तो छ आचार्यको फेसबुक स्टयाटस-

नेता आचार्यले रास्वपालाई जानकारी गराए पश्चात् रास्वपाले अर्कै नारायण आचार्यले फाराम भर्दा त्रुटी हुन पुगेको कांग्रेस नेता आचार्यले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।

यस्तो छ अन्तिम स्टयाटस-

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह