बाँकेको धामपुरमा हाइसको ठक्करबाट गम्भीर घाइते थारुको मृत्यु, स्पीड कंट्रोल गर्छौ:वडाध्यक्ष

शुक्रबार, पुस २०, २०८०
honor mob  winter sales

बाँके । बाँकेको राप्तीसोनारीमा हाइसको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ।  

Honor x7 pad

हुलाकी सडक खण्डको राप्तीसोनारी-४ धामपुरमा दाङबाट नेपालगन्ज जाँदै गरेको तिब्र गतिमा रहेको भे१ख ४१३६ नम्बरको हाइसको ठक्करबाट सोही वडाकै बैजापुरका ४५ वर्षीय मंगल थारुको मृत्यु भएको वडाध्यक्ष मीन राज खड्का ( सन्तोष) ले जानकारी दिएका छन् ।

वडाध्यक्ष खड्काका अनुसार बिहीवार साँझ दाङबाट नेपालगन्जका लागि अगैया हुँदै बैजापुर भएर जाँदै गरेको उक्त हाइसले धामपुरबाट घरतर्फ जान लागेका थारुलाई ठक्कर दिदा गम्भीर घाइते भएका उनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

अहिले उक्त सडक खण्ड सुगम बनेकाले सवारीसाधन सोही बाटो भएर  अत्याधिक गतिमा गुड्ने गरेकाले  अबदेखि प्रहरी प्रशासनसँग समन्वय गरेर त्यस सडकमा गुड्न रुट परमिट पाए नपाएको जाँच गर्ने खड्काले बताए।

त्यहाँबाट गुड्ने सवारीसाधनलाई स्पीड लिमिट समेत गरिने उनले बताए।

दुर्घटना पश्चात् फरार रहेका हाइस चालकलाई इलाका प्रहरी कार्यालय धामपुरले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्