भारतीय विदेशमन्त्रीको भ्रमणले १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेन्टी भयो: प्रधानमन्त्री

बिहीबार, पुस १९, २०८०
honor mob  winter sales

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  वर्तमान सरकार देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले १० हजार मेगावाट विद्युत निर्यातको ग्यारेण्टी भएको बताएका छन्  ।

Honor x7 pad

आज दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौँ बेथान वीरता दिवस, शहीद स्तम्भ उद्घाटन तथा शहीद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा बताउँदै जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताए।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह थियो। त्यतिबेला हामीसँग ठूलो शक्ति थिएन, तर महान् विचार थियो, ऐतिहासिक लक्ष्य थियो। त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ प्राप्त गर्‍यो। त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको हो ।’

‘हामी अहिले पनि क्रान्तिमै छौँ । क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ,’ उनले भने, ‘हामी समाजवादको लक्ष्यमा छौँ। त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं। यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो।’

कार्यक्रममा बेथानका शहिदहरू तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारजनलाई सम्मानका साथै शहिद स्मारकको उद्घाटन गरिएको थियो।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्