आज दुई संसदीय समितिको बैठक बस्दै

मंगलबार, पुस १७, २०८०
honor mob  winter sales

काठमाडौँ । दुई संसदीय समितिको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । 

Honor x7 pad

बैठकमा पर्सा र कास्की समूहको स्थलगत अनुगमन भ्रमणको समिक्षा सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे नै बस्ने अर्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरुको अवस्थाका बारेमा छलफल हुनेछ। 

बैठकमा पुनर्निर्माणका सम्बन्धमा छलफल हुनेछ भने शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) का सम्बन्धमा र डडेलधुरा मेडिकल कलेजका सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्