श्वासप्रश्वासमा समस्या आएपछि मोहन वैद्य अस्पताल भर्ना

मंगलबार, पुस १७, २०८०
honor mob  winter sales

काठमाडौं । मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् ।  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्षसमेत रहेका नेता  वैद्य श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।

Honor x7 pad

७७ वर्षीय वैद्यलाई चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनाएको छ। 

तीन दिनदेखि अस्पतालमा भर्ना भएका नेता वैद्यको  स्वास्थ्यमा सुधार हुँदै गएको पार्टीले जनाएको छ। नेता वैद्य आज वा भोलि अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्