काठमाडौंबाट सिके राउतसहित ५१ जना पक्राउ

सोमबार, पुस १६, २०८०
honor mob  winter sales

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन् ।

Honor x7 pad

आज बिहान धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष राउतसहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको हो।

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्