नेपालगञ्जमा स्कारपियाेकाे ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

सोमबार, पुस १६, २०८०
honor mob  winter sales

नेपालगञ्ज - नेपालगञ्जमा स्कारपियाेकाे ठक्करबाट दुई जनाकाे मृत्यु भएकाे छ ।

Honor x7 pad

सु.प्र.प्र. ०१-००१ प ३४६४ नम्बरकाे स्कारपियाेले ठक्कर दिदा पैदलयात्री नेपालगञ्जका २४ वर्षीया आस्था शाह र परिचय नखुलेका युवककाे मृत्यु भएकाे छ । अर्की २५ वर्षीया सहाना शाह घाइते भएकी छन् । उनकाे बायाँ खुट्टा भांचिएकाे प्रहरीले जानकारी दिएको छ।

उनीहरु नयाँ वर्ष मनाएर फर्किने क्रममा स्कारपियाेले ठक्कर दिएको थियो। दुर्घटनाबाट गम्भीर घाइते उनीहरुको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराती १२.४३ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकादाेमा दुर्घटना भएकाे थियाे । उनीहरु नयाँ वर्ष मनाएर फर्किदै गर्दा स्कारपियाेले ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्