गौरव स्मृति फाउण्डेशनको रक्तदानमा अपाङ्गलाई इ-रिक्सा हस्तान्तरण

शुक्रबार, पुस १३, २०८०
honor mob  winter sales

नेपालगन्ज। गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेशन नेपालगन्जले रक्तदान कार्यक्रमका साथै तथा ई-रिक्सा हस्तान्तरण गरेको छ।

Honor x7 pad

फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा  आज नेपालगन्जमा आयोजित बृहत रक्तदान कार्यक्रममा बिद्यार्थी, कर्मचारी, पत्रकार, समाजसेवी, स्वयंसेवी महिला तथा पुरुष गरी १ सय १३ जनाद्वारा रक्तदान गरेका छन् ।

फाउण्डेशनका संस्थापक अध्यक्ष गौरव शाहको जन्मोत्सवको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट र संस्थाका संरक्षक प्रदीप शाहले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सुनिता कुमाईलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेका थिए। 

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट र संस्थाका संरक्षक प्रदीप शाहले फाउण्डेशनका तर्फबाट नेपालगन्ज-५ स्थित  आर्थिक अवस्थाले नाजुक र अपाङ्ग राजु खानलाई जीवनयापन गर्नका लागी ई-रिक्सा प्रदान गरेका थिए।

कार्यक्रममा लुम्बिनी प्रदेशमा सवैभन्दा बढी रक्तदान गर्ने रक्तदाता समाज बाँकेका सल्लाहकार तथा स्वयंसेवी रक्तदाता पवन जायसवाललाई संस्थाकी अध्यक्ष मधु शाहले सम्मान गरेकी थिइन।

सुकराम ठाकुरद्वारा सञ्चालित कार्यक्रममा मेयर बिष्ट, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, नेपाली कांग्रेस महासमिति सदस्य निरञ्जन सिंह सिजापति, दैलेखी समाजका अध्यक्ष पूर्ण गिरी लगायतले फाउण्डेशनले गरेको कार्यको प्रशंसा गरेका थिए।

कार्यक्रमा नेपालगन्ज -४ का वडाध्यक्ष गोपाल पुन, वडा सदस्यद्वय उत्तम सिंह सिजापति, सलीम मुसलमान, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, साहू समाज बाँकेका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष रामकिसुन साहू, संस्थाकी सह-सचिव प्रेमा शाही, समाजसेवी शिवम् शाह, सल्लाहकार तोजेन्द्र विक, संस्थाका पदाधिकारी, साहू समाजका पदाधिकारी स्थानीयवासीहरुको सहभागिता रहेको थियो । 

२०७८ असार १ गौरव शाहको  मृत्यु भएपछि घर-परिवारले उनको सहयोगी सोचलाई जोलन्त राख्न उनका बुवा प्रदीप शाहले गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेसनलाई २०७८ सालमै स्थापना गरेका थिए। उक्त फाउण्डेसनले नेपालगन्जमा धेरै सर्हानिय कार्य गर्दै आएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्