राष्ट्रिय सभा चुनावका लागि ७ निर्वाचन अधिकृत नियुक्त

बिहीबार, पुस १२, २०८०
honor mob  winter sales

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले ७ जना निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

Honor x7 pad

विभिन्न जिल्ला अदालतका न्यायाधीहरुलाई ७ प्रदेशका लागि निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार आयोगले १६ पुसदेखि लागू हुनेगरी कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलालाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ।

त्यस्तै लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो ।

उनीहरुले १६ पुसमै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमानिर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम समेत रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १४:४७
प्रतिक्रिया दिनुहोस्