१ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

बुधबार, पुस ११, २०८०
honor mob  winter sales

काठमाडौं  । १ करोड रुपैयाँ बढी घुस लिएको आरोपमा नगरपालिकाका एक जना प्रमुख प्रशासकीय अधिकृत पक्राउ परेका छन् ।

Honor x7 pad

आज दिउँसो १ बजे  पर्वको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई उनकै कार्यकक्षबाट जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको हो।पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई पोखरा पठाउन लागिएको पर्वत प्रहरीले जानकारी दिएको छ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराका पूर्वरजिष्ट्रारसमेत रहेका पराजुलीले पोखरास्थित मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न भन्दै सहकारीबाट १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएको थियो ।

पराजुली सहसचिवको परीक्षा दिन जाने भन्दै पुस ३ गतेदेखि कार्यालयबाट बिदा लिएका थिए। त्यसपछि सम्पर्कविहीन भएका थिए ।

कार्यालयका अनुसार उनले पुस ८ गतेसम्मका लागि बिदा लिएका थिए । उनले कार्यालयका कर्मचारीसँग पुस १० गते कार्यालय आइपुग्छु भनेका थिए ।

उनी १० गते बिदाको दिन परेकाले आज कार्यालय पुगेका थिए । कार्यालय पुगेको केही बेरमै उनी पक्राउ परेका हुन् ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्