समाजवादी मोर्चाको सरकारलाई सुझाव-'अध्यादेश ल्याएर भएपनि संघीयता कार्यान्वयन गरौं'

बुधबार, पुस ११, २०८०
honor mob  winter sales

काठमाडौं । आज बिहान बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ।

Honor x7 pad

प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको बैठकले संविधान जारी भएको ८ वर्षसम्म पनि संघीयता कार्यान्वयन नहुँदा ‘बोझ’ भएको सन्देश गएकाले अध्यादेश ल्याएर भए पनि अधिकार दिन सुझाव दिएको मोर्चाका एक नेताले बताए।

सरकारले भ्रष्टाचारको विरोधमा अभियान चलाएर इतिहासमै राम्रो काम गरेको ठहर बैठकले गरेको जसपाका नेता अशोक श्रेष्ठले बताए ।

असार ४, २०८० मा नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए ।

समाजवादी मोर्चाले अहिलेसम्म ४७ जिल्लामा कमिटी बनाएको छ। बाँकी जिल्लामा संरचना बनाउनेबारे पनि आजको बैठकमा छलफल भएको नेता श्रेष्ठले बताए।

मोर्चाको बैठक आज साँझ ६ बजे फेरि बस्ने गरी टुंगिएको एकीकृत समाजवादी (नेकपा एस) का उपाध्यक्ष राजेन्द्र पाण्डेले भने।आजको बैठकमा मोर्चाले यसबीचमा गरेका कामहरूको समीक्षा भएको पाण्डेले बताए।

 

 

 

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्