राष्ट्रिय सभाको उम्मेदवार छान्न जसपाको बैठक बस्दै

मंगलबार, पुस १०, २०८०
honor mob  winter sales

काठमाडौं । राष्ट्रिय सभाका लागी उम्मेदवार छान्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

Honor x7 pad

आज बिहान १० बजे बैठक पार्टी कार्यालय बालकुमारीमा बोलाइएको प्रचार प्रसार तथा प्रकाश विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार आगामी पुस २५ गतेदेखि काठमाडौंमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारीबारे पनि बैठकमा छलफल हुने छ। 

 

 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्