भुटानी शरणार्थी नेता रिजालले बुझाए धरौटी, बुधबार मात्रै छुट्ने

सोमबार, पुस ९, २०८०
honor mob  winter sales

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा उच्च अदालत पाटनको आदेशबाट १५ लाख रुपैयाँ धरौटी माग गरेर पनि धरौटी  बुझाउन नसकेर कारागारमै रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् ।

Honor x7 pad

आइतबार जिल्ला अदालत काठमाडौंमा १५ लाख धरौटी बुझाएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए। 

‘हिजो धरौटी बुझाएको भनेर पत्र आएको थियो। त्यसपछि हामीले सम्पत्ति शुद्धीकरणमा पठाएका थियौं,’ जेलर बस्नेतले भने, ‘तर अबेर भएकाले हिजो काम सकिएन। अब पर्सिमात्रै छुट्नुहुन्छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी रिहा हुने स्थितिमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई बुझाउन केन्द्रीय कारागारलाई आग्रह गरेको छ ।

शरणार्थी प्रकरणका आरोपीसँग यी दुई निकायले पनि अनुसन्धान गरिरहेका छन् । तर आज र मंगलबार सरकारी कार्यालय बिदा परेका कारण रिजाललाई सम्पत्ति शुद्धिकरण र अख्तियारमा बुझाउन नसकिने भएकाले थुनामै रहने केन्द्रीय कारागार स्रोतको भनाइ छ ।

‘आइतबार कार्यालय समय सकिएकाले सम्पत्ति शुद्धिकरणमा बुझाउन सकिएन, आज र भोलि सार्वजनिक बिदा भएकाले बुधबार मात्र बुझाउँछौं’, कारागार स्रोतले भन्यो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा काठमाडौं जिल्ला अदालतले रिजालसहित १ दर्जन बढीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

 

 

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्