प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन पत्रकारको अहम् भूमिका हुन्छ: मुख्यमन्त्री कार्की

सोमबार, पुस ९, २०८०
honor mob  winter sales

विराटनगर । प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अहम् भूमिका रहेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

Honor x7 pad

मुख्यमन्त्री निवासमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यसमितिसँग आज भएको भेटघाट एवं छलफलमा उनले प्रदेश सरकारले प्रादेशिक सरकारको दोस्रो कार्यकालमा अहिले आएर प्रदेश सरकारका अधिकारका बारेमा बहस चलेको र यसमा देशका समग्र पत्रकारहरुको भूमिका रहने स्पष्ट गरेका हुन् । 

मुख्यमन्त्री कार्कीले यस विषयमा बहस चलाउन नेपाल पत्रकार महासङ्घसँग आग्रहसमेत गरे ।

उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानुन नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने सङ्घीय सांसदमाथि पनि सञ्चारकर्मीले प्रश्न गर्नुपर्ने बताए । सङ्घीय सरकारले प्रदेशलाई अधिकार दिने काममा ढिलाइ गरेको पनि बताए । 

उनले भने, “सङ्घले प्रदेश सरकारलाई अधिकार दिन आनाकानी गर्नु भनेको प्रदेशका जनतालाई सेवा, सुविधा र उनीहरुले प्राप्त गर्न पाउने लाभबाट बञ्चित गर्न खोज्नु जस्तो हो ।” 

प्रदेश सरकार सधैँ प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकार महासङ्घको भौतिक संरचना विकासमा लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

नेपाल पत्रकार पत्रकार महासङ्घ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गानाको नेतृत्वमा पत्रकारहरु मुख्यमन्त्री निवास पुगेका थिए ।  

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्