क्रिसमसले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ: राष्ट्रपति

सोमबार, पुस ९, २०८०
honor mob  winter sales

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसले राष्ट्रिय एकतालाई अझै सुदृढ तुल्याउन सहयोग पुग्ने बताएका छन्।

Honor x7 pad

क्रिसमसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका हुन्।

राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने बताए।

विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइने यस पर्वले सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सक्ने उनले बताएका छन्। रासस।

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्