एमालेका लक्ष्मी कोइरीको सांसद पद निलम्बन फुकुवा

आइतबार, पुस ८, २०८०
honor mob  winter sales

काठमाडौं । हत्या अभियोगमा निलम्बनमा परेका नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ ।

Honor x7 pad

२०७९ को मंसिर ४ गतेको निर्वाचनमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कोइरीलाई २०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिकको हत्या अभियोग लगाएको थियो।

उच्च अदालतले हत्या अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार रहेका कोइरी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । आज  उनको निलम्बन फुकवा भएको हो ।

निर्वाचित भएपछि संसद बैठकमा सहभागी हुँदै आएका उनलाई फरार सूचीमा रहेको भनी प्रश्न उठेपछि एकाएक सम्पर्कबिहीन भएका थिए ।

कोइरीलाई गत २९ मंसिरमा जिल्ला अदालत महोतरीले सफाइ दिएपछि सभामुख देवराज घिमिरेले उनलाई निलम्बन फुकुवाको पत्र दिएका हुन् ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्