सर्वोच्चका ६ प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ समितिले आज निर्णय गर्दै

बुधबार, पुस ४, २०८०
honor mob  winter sales

काठमाडौं ।  सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरुको आज संसदीय सुनुवाइ समिति आज निर्णय सुनाउँदै छ।

Honor x7 pad

गत शुक्रबारबाट  सुरु भएको सुनुवाइ सोमबार  सकिएको हो । सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका उनीहरुको नाम अनुमोदनका लागि आज बस्ने बैठकले  निर्णय गर्न लागेको हो।

सर्वोच्चको न्यायाधीशमा न्याय परिषदले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको हो ।

उनीहरुको आज बिहान ११ बजे बस्ने बैठकले नाम अनुमोदन गरेमा राष्ट्रपतिले न्यायाधीशहरुलाई सपथ गराउने छन् ।

 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्