'बाले म नआएसम्म देश बन्दैन भन्छन्': गगन थापा

मंगलबार, पुस ३, २०८०
honor mob  winter sales

पोखरा ।  राष्ट्रिय सभामा एक पटक अवसर पाइसकेकाले पुनः अवसर पाउन नहुनेमा  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जोड दिएका छन् ।

Honor x7 pad

नेता थापाले राष्ट्रिय सभा सम्मानित स्थान भएकाले पटक पटक एउटै व्यक्तिलाई पठाउन भन्दा पनि अवसर नपाएका राजनीतिक विद्वानले पाउनु पर्ने बताएका हुन् । 

उनले जहाँ चुनाव हुने हो त्यहीँका नेता कार्यकर्तालाई उम्मेदवार चयन गर्नुपर्नेमा पनि जोड दिए काछन् । उनले स्पष्ट र कडा शब्दमा भने, ‘उम्मेदवार आफैँ चयन गरेर रुखलाई छिमोल्ने प्रयत्न भयो भने तिनलाई जीवनभर पछुताउने गरी कारबाहीको भागेदार हुनुपर्छ।’

नेता थापाले भने, ‘माओवादीले छप्काउँदा र पञ्चायतले डस्दा पनि नहल्लिएको कांग्रेस हो, अब पनि डराउन पर्दैन । अब हारे हार्छ, सिंहासनबाट धुलोमा बस्न परे बसौँला तर अब कांग्रेस कार्यकर्ताले रुख बाहेक अन्यत्र मत हाल्न पर्दैन ।’

उनले एनसेल लगायतमा अर्बौँ भ्रष्टाचार हुन्छ तर जनताले एक हजार तिरेर उपचार गर्न सकेका छैनन् भन्दै यतातर्फ कांग्रेसले गम्भीर भएर ध्यान दिनुपर्ने बताए । 

उनले कांग्रेसले पछिको भाका नराखेर अहिलेदेखि नै काम गर्नुपर्नेमा जोड दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै भने, ‘बाले म नआएसम्म देश बन्दैन भन्छन्, नयाँहरु ८१, ८२ र ८३ मा सबै ध्वस्त भए आफू उदाउँदा भनेर दाउ हेरेका छन् ।’

नेता थापाले चैतमा केही हुन्छ कि भनेर नआत्तिन आग्रहसमेत गरे । उनले भने, ‘चैतको हल्ला हुन थालेको छ । चैतमा केही हुन्न । २०८० साल सकिन्छ यत्ति हो, कोही डराउन पर्दैन ।’

उनले चैतभित्र ४० ओटा कानून बनाउछौँ भन्न सक्नुपर्नेमा जोड दिँदै कानून धेरै नै परिमार्जन गर्नुपर्ने भएकाले यतातर्फ ध्यान दिन जरुरी भएको बताए । उनले समावेशीका नाममा नेताले खल्तीबाट झिकेर दुरूपयोग गरेको आरोपसमेत लगाए । 

कांग्रेसले सबै समस्या चिर्दै मुलुक चलाउनुपर्नेतर्फ जोडसमेत दिएका छन् । उनले सभापति देउवालाई इंगित गर्दै ‘४८ महिना बाँकी छ । चिन्ता लिनुपर्दैन । रोएर बस्न पर्दैन । केही समयमा संघ सरकार हाम्रै हुन्छ । ४ ओटा प्रदेश, लगायतका थुप्रै स्थानीय सरकार कांग्रेसको छ चिन्ता किन ?’

नेता थापाले बाहिर गएका युवाको चिन्ता गरेर केही नहुने भन्दै भित्रिएका युवाको हिसाब गर्न आग्रह गरेका छन् । उनले भने, ‘बाहिर गएका युवाका बारेमा धेरै चिन्ता नगरौँ, बाहिर गएकामात्र होइन भित्र आएको पनि हिसाब गरौँ । अबको ५ वर्षमा कांग्रेसले देश बनाउनुपर्छ ।’

नेता थापाले ‘देउवासँग लडेर सकिएन, अब फकाएर भए पनि प्रयास गरौँ’ समेत भनेका छन्। 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  २२:३६
प्रतिक्रिया दिनुहोस्