'नेपाली कांग्रेसले प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्नुपर्छ': शेखर कोइराला

मंगलबार, पुस ३, २०८०
honor mob  winter sales

पोखरा । प्रधानमन्त्रीले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड मागे कांग्रेसले प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्नुपर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । 

Honor x7 pad

नेपाली कांग्रेस गण्डकी प्रदेशको पोखराको सभागृहमा  प्रथम सम्मेलनमा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै डा.कोइरालाले भने, ‘प्रधानमन्त्रीले मन्त्रीको रिपोर्ट कार्ड त माग्नुहोला तर कांग्रेसले प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्नुपर्छ।’

उनले सरकारले जे गर्छ त्यसमा हो मा हो हैन कि यसो गर्नुपर्छ भनेर सुझाव  दिइरहनु पर्नेमा जोड दिए । 

कांग्रेस जुर्मुराएर सरकारको नेतृत्व गरेर सबै समस्या समाधान गर्नुपर्नेमा पनि नेता कोइरालाले जोड दिएका छन् । 

उनले अबको चुनावमा कांग्रेस एक्लै लड्नुपर्नेमा जोड दिए । उनले भने, ‘एक ढिक्का भएमा कांग्रेसलाई कसैले हल्लाउन सक्दैन । कांग्रेस कमजोर हुन्छ त आफैँ हुन्छ, आफ्नै कारणले हुन्छ ।’

नेता कोइरालाले पार्टीको १५ औँ महाधिवेशन धेरै टाढा भएकाले पीर नगर्न पनि आग्रह गरेका छन्। उनले वैचारिक हिसावले गुट चले ठीक हुन्छ तर गुटले पार्टी सिध्याउन नहुनेमा जोड दिए । 

उनले पछिल्लो समय युवाहरु विदेशिने क्रम नरोकिएको भन्दै यसमा समीक्षा गर्न आवश्यक भएकोमा जोड दिए । उनले भने, ‘नेपाली युवाहरु किन विदेशतिर होमिए ? यसमा समीक्षा गरौँ । नेपालमा विकास गर्न आवश्यक छ, कृषिमा ध्यान दिन जरुरी छ । उत्पादनमा ध्यान दिन आवश्यक छ ।’

नेता कोइरालाले जनशक्ति नै नभएकाले व्यवसायीहरुसमेत पलायन हुने अवस्थामा पुगेको भन्दै पार्टीले यतातर्फ गम्भीर भएर ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्