अब विश्वविद्यालयमा उपकुलपति योग्यताका आधारमा नियुक्ति हुन्छ: प्रधानमन्त्री

सोमबार, पुस २, २०८०
honor mob  winter sales

काठमाडौँ । योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

Honor x7 pad

उनले त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबन्डाको अन्त्य गर्नेसमेत प्रतिबद्धता जनाउनु भयो। उनले नेपालमा आधारभूत शिक्षा मात्र निःशुल्क नभई विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको बताए। 

उनले आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने पनि बताए। उनले उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लगिएको बताए।

उनले भने, ‘कतिपय विकसित देशहरूमा आधारभूत शिक्षा मात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ। हामी पनि सोही दिशामा अग्रसर भइरहेका छौँ । आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ । विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने स्थिति हटाइ समतामूलक, सबै वर्ग, समुदायले उच्च शिक्षा सर्वसुलभ हुनुपर्दछ । यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लैजाने हाम्रो प्रयास छ । देशको समृद्धिमा प्राविधिक जनशक्तिको महत्त्वपूर्ण योगदान रहन्छ। त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबन्डाको अन्त्य गर्ने र मेरिटको आधारमा भिसी नियुक्ति गर्ने प्रतिबद्धता जनाउँछु ।’

प्रधानमन्त्री दाहालले आफ्ना विद्यार्थीलाई विश्व बजारमा अब्बल प्रमाणित गर्न सक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको आजको चुनौती रहेको बताए। उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए। 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्