पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकियो एमालेको संकल्प यात्रा

आइतबार, पुस १, २०८०
honor mob  winter sales

काठमाडौँ । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रा आज सकिँएको छ । कोशी प्रदेशस्थित पाँचथरको चिवाभञ्ज्याङमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डा फहराएर सो अभियानको समापन गरेका हुन् । 

Honor x7 pad

संकल्प यात्रामा गाडीमा हिँडेका ओली आजै हेलिकोप्टर प्रयोग गरेका हुन् । ओलीलाई पाँचथरबाट चिवाभञ्ज्याङ लैजान पनि हेलिकोप्टरकै प्रयोग भएको हो। 

काठमाडौँबाट आज बिहान १० नेपाली सेनाको हेलिकोप्टर त्यता गएको हो । एनए ०५४ एएलएच हेलिकोप्टर फिदिम हुँदै त्यसतर्फ चिवाभञ्ज्याङ पुुगेको हो  । 

चिवाभन्ज्याङमा एमाले अध्यक्षले सो अभियान समापन गरेको शिलालेखसमेत बनाइएको छ । 

चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डाको झण्डोत्तोलन र फिदिममा आमसभापछि २१ दिनको उक्त यात्रा औपचारिक रुपमा समापन भएको छ । 

बिहानै एमाले नेता कार्यकर्ताहरुले चिवाभन्ज्याङको जंगे पिलरमा राष्ट्रिय झण्डा  फहराएका हुन् ।

मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल, सुरन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा , युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू पृथ्वीसुब्बा गुुरुङ, प्रदीप ज्ञावाली र विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा थिए।

एमालेको संकल्प यात्रा बैतडीको झुलाघाटमा सुरु भएको थियो।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्