कांग्रेसबाट मन्त्री भएकाहरुको कामको समीक्षा गर्नेछौं: महामन्त्री शर्मा

आइतबार, पुस १, २०८०
honor mob  winter sales

बागलुङ । सरकारमा नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरुको  कामको समीक्षा गर्ने पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले  बताएका छन् ।

Honor x7 pad

नेपाल प्रेस युनियन बागलुङले आज  बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले सो कुरा बताएका हुन् । 

उनले आगामी फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा अहिलेको सरकारको कामका विषयमा गम्भीर छलफल हुने बताए । 

“अहिले भइरहेको सरकारको काम सुस्त भएको छ, सरकारमा नेपाली कांग्रेस पनि छ”, महामन्त्री शर्माले भने, “सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको कामको समीक्षा गर्नेछौँ, आगामी फागुनसम्म सरकारको कामले गति नलिए गम्भीर समीक्षा गर्न बाध्य हुनेछौँ ।”

उनले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको बताए । उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनी विकासको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए । 

“नेपालमा भूकम्पपछि घर पुनः निर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो, तत्कालै सम्भव नहोला तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्ने गरी योजना बनाऔँ”, महामन्त्री शर्माले भने ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्