एमाले अध्यक्ष केपी ओलीमाथि हातपात

बिहीबार, मंसिर २८, २०८०
honor mob  winter sales

धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ।

Honor x7 pad

धनकुटामा आज मध्याह्नमा अध्यक्ष ओलीलाई फूलमालासहित स्वागत गर्न लाइनमा बसेका एक व्यक्तिले  हातपात गरेको अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात भएको हो।

स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका महेश राईले ओलीमाथि हातपात गरेका थिए। प्रहरीले ओलीमाथि हातपात गर्नेलाई नियन्त्रणमा लिएको जनाएको छ।

अध्यक्ष ओलीलाई हातपात गर्ने राईले मादक पदार्थ सेवन गरेको पाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिएका छन् । उनलाई पक्राउ गरिएको प्रजिअ पौडेलले बताए।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्