दाङको दंगीशरणमा कृषि वन उपज हाटबजार लाग्दै

बिहीबार, मंसिर २८, २०८०
honor mob  winter sales

दाङ । दाङको दंगीशरण गाउँपालिकामा कृषि वन उपज हाटबजार लाग्ने भएको छ । आउँदो शनिबारदेखि गाउँपालिकाको वडा नं. २ कलमखोलामा कृषि वन उपज हाटबजार लाग्न लागेको हो।

Honor x7 pad

हाम्रो राजाकोट बहुउद्येश्यीय सहकारी संस्था,दंगीशरण गाउँपालिका २ को आयोजना तथा दंगीशरण गाउँपालिका कृषि विकास शाखा र ग्रिन फाउन्डेसन नेपाल र हरियाली मञ्च नेपालको समन्वयमा कृषि हाटबजार लाग्ने भएको हो ।

शनिबार बिहान ८ बजेदेखी लाग्ने हाट बजारमा किसानहरुले उत्पादन गरेका खाद्यान्न सामाग्री, तरकारी, फलफुल, ढकिया, दुनाटपरी लगाएत खसि, बोका, कुखुरा लगाएतका कृषि सामग्रीहरु राखिने छ ।

कृषि हाटबजारबाट किसानलाई सहयोग पुग्ने अपेक्षा सहित प्रत्येक महिनाको अन्तिम शनीवार हाट बजार संचालन गर्न लागिएको हाम्रो राजाकोट बहुउद्येश्यीय सहकारी संस्थाका उपाध्यक्ष सिएम विश्वकर्माले बताए।

हाटबजारमा विक्रि नभएका सामाग्री ग्रिन फाउन्डेसन नेपालको सम्वनयमा बजारीकरणको व्यवस्था गरिने भएको छ ।

उपाध्यक्ष विश्वकर्माका अनुसार गत कात्तिक २५ गते पहिलो पटक हाटबजार लाग्दा करीव एक लाख बराबरको कारोबार भएको थियो ।

हाट बजारबाट राम्रो आम्दानी भएपछि किसानहरुको सहजताका लागि फेरी पनि हाट बजार संचालन गर्न लागिएको आयोजकले जनाएको छ । साथै हाट बजारमा निःशुल्क रुपमा स्वास्थ्य शिविर राखिने भएको छ ।

शिविरमा २५ प्रतीशत छुटमा सुगर, ल्याव टेष्ट गर्नुका साथै निःशुल्क औषधि उपलब्ध गराईने जनाईएको छ।

वरिष्ठ फिजीसीयन डा. मुक्ति थापा र नशा तथा हाड जोर्नी विशेषज्ञ डा. जिभाष शर्माद्धारा चेकजाँच गरिनेछ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्