अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै

बिहीबार, असार २८, २०८०
Honor 600 pro

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदैछन् । 

लु काठमाडौं आएको केहि घण्टापछि अर्को गन्तव्य देश जाने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

दूतावासका अनुसार सहायक विदेशमन्त्री लुले भ्रमणका क्रममा राजनीतिक दलका नेताहरु तथा दूतावासका कर्मचारीलाई भेट गर्ने बताइएको छ।

दक्षिण तथा मध्य एसिया हेर्ने  सहायक विदेशमन्त्री  लु काठमाडौंबाट सिधै दक्षिण एसियाकै अर्को देश जाने भएका छन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्