बाँकेको जानकीमा भूमिहिनलाई निस्सा वितरण

बुधबार, मंसिर २७, २०८०
honor mob  winter sales

रविन्द्र घिमिरे / बाँके । जानकी गाउँपालिकामा भूमिहिन, दलित, भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको काम सुरु भएको छ । वडा नम्वर ६ बाट भूमिहिन, दलित भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

Honor x7 pad

जिल्ला भूमि आयोगका सदस्य एवम् विज्ञ अशोक पोखरेलले भूमिहिन, दलित भूमिहिन, सुकुम्वासी जो जसरी बसिरहेका छन्, उनीहरुलाई नेपाल सरकारले तोकेको कानुनी मापदण्ड र प्रक्रिया पूरा गरेर जग्गाधनी पूर्जा वितरण गर्न नेपाल सरकारले महाअभियान चलाएको बताए । त्यसै अनुरुप जानकीमा पनि निस्सा वितरण कार्यक्रम सुरु गरिएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गाउँपालिका क्षेत्रमा जति पनि भूमिहिन, दलित भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरेर बसेका छन्, उनीहरुको लागि गाउँपालिकाको पूरै टिम लालपूर्जा मिलोस्  भनेर लागिपरेको बताए । 'जो-जसले जति जमिन लिई बसेका छन्, उनीहरु सबैलाई लालपूर्जा मिल्नुपर्छ भन्ने मेरो सोच हो,' उनले भने । 

वडा नम्वर ६ का वडा अध्यक्ष जगदिशप्रसाद हरिजनले पहिला जसरी जन्मसिद्ध नागरिकता पाइन्थ्यो, त्यस्तै प्रकारले निस्सा वितरणको काम पनि हुने बताए । गणकहरु पनि वडा वडामा परिचालित गरिएको बताउँदै  हरिजनले जिल्ला सुकुम्वासी भूमि आयोगसँग समन्वय गरेर निस्सा वितरण गरिएको जानकारी दिए । साथै निकट भविष्यमै नाप नक्सा गरी जो जसले जति जमिन लिई बसेका छन्, उनीहरुलाई त्यसमै व्यवस्थापन गर्ने उनले बताए । निस्सा वितरणका लागि पहिलाको सरकारले प्रयास मात्र गरेको तर पूरा गर्न नसकेको भन्दै उनले अहिलेको सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता  हरिजनले व्यक्त गरे।

वडा नम्बर ६ बाट सुरु भएको निस्सा वितरणमा ५० जनाले निस्सा लिएका छन् भने अन्य वडामा पनि वितरण गरिने गाउँपालिकाले जनाएको छ  । 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्