रिक्त ७ स्थानका राजदुत नियुक्ति प्रक्रिया छिट्टै हुन्छ: परराष्ट्रमन्त्री साउद

बिहीबार, असार २८, २०८०
honor mob  winter sales

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले ७ स्थानमा रिक्त राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढाउन लागेको बताएका छन् । 

Honor x7 pad

मन्त्री साउदले स्थायी नियोग न्यूयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुबेत गरी ७ स्थानमा राजदूत खाली रहेको हुँदा यथाशीघ्र नियुक्ति प्रक्रिया अगाडि बढाइने बताए 

आज राष्ट्रिय सभामा जवाफ दिँदै मन्त्री साउदले रिक्त ७  स्थानमा राजदूत नियुक्ति कम्तीमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्ति गरिने बताएका थिए।

राजदूत नियुक्तिका बारेमा  राजनीतिक तहमा छलफल भइरहेको हुँदा उक्त प्रक्रिया चाँडै सकिने मन्त्री साउद बताए।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्