'जनताको मन जित्ने गरी काम गरिरहेको छु': खेलकुद मन्त्री

शनिबार, मंसिर २३, २०८०
honor mob  winter sales

नेपालगञ्ज। देशमा विद्यमान खेलकुद संरचनाको अवस्था, पूर्वाधार निर्माणको आवश्यकता, खेल जगतको समग्र अवस्था बुझ्न आफू अहिले जिल्ला भ्रमणमा हिंडिरहेको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले  बताएका छन् ।

Honor x7 pad

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले जनताको मन जित्ने गरी काम गरिरहेको बताए । आफू मन्त्री बन्नु अघि बजेट बनिसकेका कारण आफ्नो सोच अनुसार काम हुन नसकेको भन्दै उनले जनअपेक्षा अनुरुप काम गर्न सक्दो प्रयास भने गरिरहेको बताए ।

नेपाली कांग्रेसलाई गुटका नाममा कमजोर बनाउन नहुने भन्दै मन्त्री लिम्बुले एकताबद्ध कांग्रेस अहिलेको आवश्यकता रहेको बताए । उनले कांग्रेस सरकारमा सहभागी भएकाले जनउत्तरदायी बनेर मन जित्नुपर्ने आवश्यकता औंल्याए ।

नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले जिल्लामा युवा, खेल र खेलाडीको विकासका लागि मन्त्री लिम्बुसमक्ष पार्टीका तर्फबाट ध्यानाकर्षण गराएका थिए ।

सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा नेता कार्यकर्ताले मन्त्रीसमक्ष आफ्ना जिज्ञासा राखेका थिए । मन्त्रीसंग नेता कार्यकर्ताहरुले खुला छलफल गरेका थिए । 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्