वडाध्यक्ष जोलाहको भाइको निधनप्रति गाँउपालिका अध्यक्ष शाहद्धारा शोक व्यक्त

मंगलबार, मंसिर १९, २०८०
honor mob  winter sales

बाँके । बाँकेको नरैनापुर गाँउपालिका वडा नं. १ का अध्यक्ष एंव नेपाली लुम्बिनी लुम्बिनी प्रदेश सदस्य इशाक जोलाहका भाई इसरार जोलाहको उपचारको क्रममा निधन भएको छ । 

Honor x7 pad

माइतीघरस्थित शिक्षण अस्पताल कोहलपुरमा निधन भएको वडा अध्यक्ष इशाक जोलाहले जानकारी दिए ।

श्वास प्रश्वासमा समस्या देखिए पछि भेरी अस्पतालमा शनिबार भर्ना गरिएको थियो तर स्वास्थ्य अवस्थ जटिल रहेको देखेपछि चिकित्सकहरुले आईसियूमा राखेर उपचार गर्ने बताए पनि भेरी अस्पतालमा आइसियु खाली नभएपछि आइतबार राती शिक्षण अस्पताल कोहलपुरको आइसियुमा राखेर उपचार सुरु गरिएको थियो । 

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार फोक्सो र किड्नी पूर्ण रुप काम नलाग्ने अवस्थामा पुगेपछि भ्यान्टीलेटरमा राखेर उपचार गरे पनि बचाउन नसकेको बताए । सोमबार दिउँसो इसरारको मृत्युको चिकित्सकहरुले परिवारलाई जानकारी गराएका थिए । 

निधन भएका वडा अध्यक्षका भई इसरारको आज अन्तिम संस्कार गरिने भएको छ।यस्तै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले वडा अध्यक्ष इशाक जोलाहका भाई इसरारको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन । 

शाहले सोमबार सामाजिक संजालमा लेखेका छन्, आफूले एउटा असल र जिम्मेवार भाई गुमाएको अनुभूति भएको बताएका छन ।  शाहले इसरारको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन । 

शाहले मृत आत्माको चीर शान्तिको काम गर्दै वियोग पीडामा रहनु भएका शोकाकुल एवम वेदनाग्रस्त परिवारजनमा जनप्रतिनिधि, कर्मचारी र गाँउपालिकावासीको तर्फबाट समवेदना प्रकट गरे ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्