समबेदना प्रकट गर्न जसपा अध्यक्ष यादव नरैनापुरमा

सोमबार, मंसिर १८, २०८०
honor mob  winter sales

बाँके । ठुलो दाजुको निधन पश्चात् शोकमा रहेका जनता समाजवादी पार्टी (जसपा)का नेता एवं नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको परिवारलाई जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नरैनापुर घरमा पुगेर समवेदना व्यक्त गरेका छन् ।

Honor x7 pad

आज शाहको निवास  नरैनापुर गाउँपालिका २ गंगापुरमा पुगेर अध्यक्ष यादवले शाहको परिवारलाई समवेदन व्यक्त गरेका हुन्  ।

अध्यक्ष यादवले शाहको ठुलो दाजु स्वर्गीय शैयद मुस्ताक अहमद शाह प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरे । उनले शोकलाई शक्तिमा बदल्न अनुरोध समेत गरे । जन्मपछि मृत्यु स्वभाविक रहेको जनाउँदै उनले मृत्यु संस्कारलाई सबैले स्वीकार्नुको विकल्प नरहेको बताए । आफ्नो अभिभावक गुमाउँद दुःख पीडा हुने तर प्रकृतिको नियम मान्नै पर्ने उल्लेख गरे ।

शाहको निवासमा समवेदना प्रकट गर्न अध्यक्ष यादवसँगै लुम्बिनी प्रदेश सरकारका  कृषि तथा सहकारी मन्त्री भण्डारीलाल यादव लगायत पुगेको नरैनापुर गाउँपालिकाका प्रेस बिज्ञ आलम खानले जानकारी दिए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका ठुलो दाजु मुस्ताक अहमद शाहको गत शुक्रवार राती उपचारको क्रममा भारतको दिल्लीमा निधन भएको थियो । शाहको मृत्यु भएको एघारौं दिनका दिन शाहको निवासमा पुर्व उपप्रधानमन्त्री एवम् जसपाका अध्यक्ष सहित मन्त्रीहरु समवेदना प्रकट गर्न गएका हुन् । ७८ वर्षीय स्वर्गीय मुस्ताक अहमद शाहका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्