'कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिराखेको छ': ओली

शुक्रबार, मंसिर १५, २०८०
honor mob  winter sales

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार माओवादीको नीति र प्रचण्डपथमा हिँड्न खोजेको आरोप लगाएका छन् । 

Honor x7 pad

'कांग्रेससहित सरकार प्रचण्डपथ हिडेको खोजेको तर सकिराखेको छैन,’ ओलीले भने, ‘कांग्रेस प्रचण्डपथको भरिया बनेर हिँडिराखेको उनले भने।

ओलीले यो धेरै नटिक्ने ठोकुवा गर्दै  सरकार आफैं ढल्न सक्ने बताएका छन्। गठबन्धनका छेस्का अड्याएर सरकार बनेकोले जुन कुनै समय ढल्न सक्ने ओलीले बताएका छन् ।

आज डडेल्धुरामा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकार कुनै समय आफैं पनि ढल्ने बताउँदै यो कुनै खुट्टा नभएको सरकार हुँदा यसले त गठबन्धनका छेस्का टेकाएर अड्याएको बताए ।

साथै अध्यक्ष ओलीले भने- 'प्रतिगामी तत्वहरू मरेको राजतन्त्रको चिहान खनेर फेरि राजतन्त्र ल्याउँछु भनेर कुदेका छन्। भूतप्रेतवादी तत्वहरू,’ अध्यक्ष ओलीले भने, ‘देश पछि हट्न सक्दैन, अघि बढ्छ। जनताको सार्वभौमसत्ता व्यक्ति र परिवारमा केन्द्रित हुन सक्दैन।’

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्