आज राष्ट्रिय सभा बैठक बस्दै

बिहीबार, असार २८, २०८०
honor mob  winter sales

काठमाडौं । आज राष्ट्रिय सभा बैठक बस्दैछ । बैठक बिहान १० बजे बस्नेछ । बुधबार  स्थगित भएको बैठक आज बस्न लागेको हो । 

Honor x7 pad

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदैछ । 

जसअनुसार आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।

त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्