माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने सरकारको निर्णय

बुधबार, मंसिर १३, २०८०
honor mob  winter sales

काठमाडौं । सरकारले आगामी माघ ११ गते  राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

Honor x7 pad

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्श बमोजिम रिक्त राष्ट्रिय सभा सदस्य पदको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

त्यस्तै  बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको पनि उनले बताइन् । 

बैठकले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा अस्थायी आवास निर्माण गर्ने काममा जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्