एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल

मंगलबार, मंसिर १२, २०८०
honor mob  winter sales

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका एवं अध्यक्ष नेता केपी शर्मा ओली र  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। 

Honor x7 pad

आज सिंहदरबारमा दुवैबीच पछिल्लो समसामयिक विषयमा छलफल भएको हो ।  प्रधानमन्त्री प्रचण्ड बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन जाँदै गर्दा त्यसअघि प्रमुख प्रतिपक्ष दलका नेतासँग छलफल गरेका हुन् । 

विशेषगरी पछिल्लो समय एकाएक सडकमा गणतन्त्रविरोधीहरु देखिन थालेपछि टाउको दुखाइको विषय बनेको छ । सोही विषय सँगसँगै अबको गन्तव्य सम्बन्धमा दुई नेताबीचको छलफल केन्द्रित भएको बुझिएको छ । 

यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप–२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।

साथै डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने छन् । 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्