दुर्गा प्रसाईंका स्वकीय सचिव काठमाडौंबाट पक्राउ

मंगलबार, मंसिर १२, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौं प्रहरीले आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरेको छ।

Honor x7 pad

पक्राउ परेका स्वकीय सचिव थापालाई  प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले  जानकारी दिएको छ। 

प्रहरी परिसरका अनुसार प्रहरीले थापा केएमसी अस्पतालबाट पक्राउ गरेको हो। प्रहरीले यसअघि  सोमबार मात्रै गौशालाबाट प्रसाईंको आन्दोलनमा आएका सुनसरीका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जनालाई पक्राउ गरेको थियो । 

सोमबार पक्राउ परेका श्रीनिवाससहित १४ जना र आज पक्राउ परेका थापा गरि १५ जना पुगेको  काठमाडौं प्रहरी परिसरले जनाएको छ।  

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्