उच्च अदालतमा बालकृष्ण खाँणको बहस सकियो, टोपबहादुरको हुँदै

मंगलबार, मंसिर १२, २०८०
honor २२ sept

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको अभियोगमा पूर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट सोमबार उच्च अदालत पाटनमा बहस सकिएको छ । 

X7D

गत मंगलबारबाट निरन्तर सुनुवाइको क्रमामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको बहस खाँडका तर्फबाट वकालत गर्ने क्रममा कानून व्यवसायीहरुले खाँडको बहस सकेका हुन् । 

खाँणको तर्फबाट बहस सएिपछि आजदेखि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट बहस शुरु हुनेछ । खाँणको तर्फबाट आइतबार पनि बहस भएको थियो । पूर्व गृहमन्त्री खाँडको तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरुले बहस गरेका थिए । 

खाँणलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर हुनुपर्ने माग गर्दै उनीहरुले बहस गरेका छन् । आइतबार वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की खम्बध्वज खत्रीलगायतले बहसको गरेका थिए । 

त्यसलाई निरन्तरता दिँदै सोमबार ७ जनाले बहस गरेका हुन् । पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती, बद्रीबहादुर कार्की, प्रेमबहादुर खड्का, कृष्णप्रसाद सापकोटा, महादेव यादव तथा सुरेन्द्र महतोले बहस गरेका थिए ।  उनीहरुले रकम नै लेनदेन पुष्टि नभएकाले ठगीको अभियोग पुष्टि नै नहुने दाबी गरेका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दै राखेर सुनुवाइ भइरहेको छ । लामो समयदेखि रोकिएकाले उच्च अदालतबाट यसैसाता बहस सकाउने तयारी गरेको छ । 

काठमाडौँ जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई त्रुटिपूर्ण भएको भन्दै उनीहरुले पाटन उच्च अदालतमा पुनः सुनुवाइको माग गरेका थिए । 

हालसम्म १८ जनाको बहस सकिएको पाटन उच्च अदालतले जनाएको छ । जिल्ला अदालत काठमाडौँले अभियोगी मध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्