दुर्गा प्रसाईंको आन्दोलनबाट आचार्य श्रीनिवाससहित १४ जना पक्राउ

सोमबार, मंसिर ११, २०८०
honor mob  winter sales

काठमाडौँ । दुर्गा प्रसाईंको आन्दोलनमा आएका  विवादास्पद धर्मगुरु आचार्य श्रीनिवाससहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

Honor x7 pad

मेडिकल व्यवसायी  प्रसाईले गौशालामा आयोजना गरेको विरोध प्रदर्शनमा आराजक अभिव्यक्ति दिएको भन्दै श्रीनिवाससहित केहीलाई प्रहरीले पक्राउ गरेको हो।

आजको प्रदर्शनमा प्रसाई समर्थकले केहीबेर ढुंगामुढा गरेपछि गौशालामा तनाव भएको थियो। प्रसाई समूहले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन चार सेल अश्रुग्याससमेत प्रहार गरेको छ । गत बिहीबारदेखि प्रसाई समूहले राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्