बाँकेको नरैनापुरमा आज पनि सार्वजनिक बिदा

सोमबार, मंसिर ११, २०८०
honor mob  winter sales

नेपालगन्ज  । बाँकेको नरैनापुर गाउँपालिकामा आज पनि सार्वजनिक बिदा दिइएको छ। 

Honor x7 pad

गाउँपालिकाले कार्तिक पुर्णिमा असनान मेलाको अवसरमा समेत आज सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिएका छन् ।

असनान मेलाको अवसरमा  आज गाउँपालिकाभरका  कार्यालय, मातहतका सबै वडा कार्यलयहरु तथा शैक्षिक संस्थाहरुमा  सार्वजनिक बिदा दिइएको बस्नेतले बताए।

हिजो (आइतबार ) पनि नरैनापुरमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका दाइ मुस्लिम धर्मशास्त्रका ज्ञाता ( पिर) नरैनापुर  वडा नं २ निवासी ७८ वर्षिय शैयद मुस्ताक अहमद शाहको निधनको शोकमा शोक बिदा दिइएको थियो।

 

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्