दुर्गा प्रसाईंको नजरबन्दविरुद्दको रिट फिर्ता

आइतबार, मंसिर १०, २०८०
honor mob  winter sales

काठमाडौँ ।  नजरबन्दमा राखेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार प्रसाईलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको हो । 

Honor x7 pad

राजतन्त्र पुनर्स्थापनासहितको माग राखेर आन्दोलनमा होमिएका प्रसाईलाई गत शुक्रबार प्रहरीले घर बाहिर निस्कन नदिएर नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमाम बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए । 

तर आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा बहसका क्रममा प्रसाई खुला रुपमा भाषण गरिरहेको प्रसङ्ग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका हुन् ।

प्रसाईले आफूलाई चर्चामा ल्याउनका लागि अफबाह फैलाएर दिनभर मिडियासँग कुराकानी गरिरहेका थिए । जबकि नजरबन्दमा राखिएकालाई मिडियासँग कुराकानी गर्न त के टेलिफोन सम्पर्कसमेत गर्न दिइँदैन । 

प्रसाईले आफूलाई नगरबन्दमा राखिएको बताएकै तीनकुनेमा गएर आन्दोलन गर्न आफ्ना समर्थकलाई भड्काएका थिए । 

प्रशासनले भने दुर्गा प्रसाईलाई नजरबन्दमा राखेको नभइ सुरक्षा दिइरहेको बताएको थियो । 

 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्