Dashain Banner
Dashain Banner

मुस्लिम धर्म गुरु शुफि शाहको अन्तिम बिदाइमा उर्लियो जनसागर

शनिबार, मंसिर ९, २०८०

नरैनापुर (बाँके )। मुस्लिम धर्मगुरु एवं शुफि  मुस्ताक अहमद शाहको आज इस्लामिक परम्पराअनुसार सम्मानका साथ अन्त्यष्टि गरिएको छ । नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रशिद्ध धार्मिक स्थल आस्तान ए हजरत खलीफा नूर अहमद शाहको मजार शरीफमा शाहको अन्त्यष्टि गरिएको हो ।

धर्म गुरु एवं शुफि मुस्ताक अहमद शाहलाई पुर्व मन्त्री एंव लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी 'नमुना', उत्तर प्रदेश सरकारको बिधायक इन्द्रेणी बर्मा, संविधान सभाका सदस्य अब्दुल हमिद सिद्धिकि , जानकी गाउँपालिका अध्यक्ष छब्बन खान, भारतीय समाजवादी पार्टीका नेता दिलशाद पठान, बरिष्ठ पत्रकार सेराज खान, नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा अध्यक्षहरु इसाक जोलाह, मसुद अहमद शाह, अजय मिश्रा, मनोज शर्मा, कृष्ण मौर्य , प्रेम मौर्य, लेखा अधिकृत भरत बस्नेत, जिन्सी शाखा प्रमुख भरत महतो, नरैनापुरका प्रेस बिज्ञ आलम खान लगायतले शाहको पार्थिव शरीरमा फुलको गुच्छा लगाएर सम्मान व्यक्त गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । 

शाहको ७८ वर्षको उमेरमा बिहिबार राति ११ बजे भारतको दिल्लीमा रहेको मेक्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

शाह कसैको आँखामा नबिझाउने व्यक्ति थिए,' वडाध्यक्ष इसाका जोलाहले भन्नुभयो, 'उपचारको क्रममा मृत्यु भएको खबर पाए पनि तत्काल विश्वास गर्न सकिरहेका थिएनाैं।' 

उनले भने-शाहको मृत्युले ठुलो क्षति पुगेको छ,‌ उहाँ नेपालका लागि मात्र नभएर भारतको धेरै व्यक्तिहरु उहाँको बिश्वासी रहेकै कारण अन्तिम संस्कारमा हजारौंको जनसागर उर्लिएको बताए।। 

उत्तर प्रदेशका बिधायक इन्द्रेणी बर्माले शाहको निधनले नेपाललाई जति क्षति भएको छ त्यो भन्दा बढी भारतलाई भएको बताए । उनले भने-"उहाँ सबै धर्मको साझा व्यक्तित्व हुनुहुन्थ्यो ।" विभेद रहित समाज निर्माण गर्न र समस्याहरुलाई समाधान गर्न इश्वरिय शक्ति प्राप्त व्यक्तिलाई गुमाउद निकै दुःख भएको भन्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अन्तिम संस्कारमा बाँके, बर्दिया, भारतको उत्तर प्रदेश, राजस्थान लगायत बिभिन्न ठाउँबाट शाहका आफन्त र भक्तजनहरुको सहभागिता रहेको थियो । निधन भएका शुफि मुस्ताक अहमद शाह नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहका ठुलो दाजु हुन ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्