दुर्गा प्रसाईंको प्रदर्शनमा आएका दुई दर्जनबढी समर्थक तीनकुनेबाट पक्राउ

शुक्रबार, मंसिर ८, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको तीनकुनेबाट दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनमा सहभागी हुन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शन गर्न रोक लगाएको तीनकुने क्षेत्रमा प्रसाईंको आन्दोलनमा सहभागी हुन पुगेका राजावादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, मनिन्द्रराज भण्डारीसहित २६ जना  रहेका छन् । बल्खुको प्रदर्शन पश्चात्  प्रसाईंले पत्रकार सम्मेलन गर्दै आज तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।तर जिल्ला प्रशासन कार्यालयले तीनकुनेमा गर्न लागेको प्रदर्शनलाई अनुमति दिन रोक लगाएको थियो।

प्रहरीले प्रसाईंको आन्दोलनमा आउनेलाई ठाउँठाउँमा तितरवितर पार्न थालेको छ भने भक्तपुरस्थित दुर्गा प्रसाईंको घरमा प्रहरीले सुरक्षा दिइरहेको छ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्