आज काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइयो

बिहीबार, मंसिर ७, २०८०
honor mob  winter sales

काठमाडौँ । आज हुने विरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ। 

Honor x7 pad

आज  नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल युवा सङ्घ र व्यवसायी दुर्गा प्रसाईँले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताएका हुन्। 

उनले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताए । उनले आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको बताए । उनले नागरिकहरूलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन आग्रह गरे। 

उनले यातायातको आवागमनमा भने केही समस्या भए पनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने बताए । उनले आजको प्रदर्शनमा प्रहरी प्रशासन प्रभावकारी रूपमा अघि बढ्ने गरी योजना बनाइएको बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्