शान्ति प्रक्रियालाई टुङ्ग्याउन सबैको सहयोग आवश्यक छ: मन्त्री शर्मा

बुधबार, मंसिर ६, २०८०
honor mob  winter sales

काठमाडौँ।शान्ति प्रक्रियालाई टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको नेपाल सरकारका प्रवक्ता एबं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले 

Honor x7 pad

राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ति गुठीले शङ्खधर उद्यान केन्द्रमा आज आयोजना गरेको कार्यक्रममा उनले पद्मरत्न तुलाधर जीवित भएको भए शान्ति प्रक्रिया टुङ्गिसक्ने दाबी गरिन्।

उनले परिवर्तनका लागि लड्ने नेताका रूपमा शङ्खधर साख्वाःलाई आफूले चिनेको र देशमा सङ्घीयता आउनु पनि शङ्खधरले देख्नुभएको सपना रहेको बताइन्। 

मन्त्री शर्माले सम्पूर्ण सरकारी दस्तावेजमा नेपाल संवत्लाई उल्लेख गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको पनि जानकारी दिइन् । 

उनले भनिन्, “बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचानका लगि गणतन्त्र आवश्यक छ ।”

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले नेपाल भाषाको संरक्षण र संवर्द्धन गर्न महानगरपालिका भित्रका सबै विद्यालयमा नेपाल भाषा विषय पढाउन थालिएको जानकारी गराइन्। 

प्राथमिक तहमा पढाइ हुने स्थानीय भाषाले सबै जनालाई भाषा सिक्ने अवसर प्रदान गरेको उनको भनाइ थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्