कोशी सरकारलाई दीर्घकालीन असर पुग्ने निर्णय नगर्न सर्वोच्चले दियो अन्तरिम आदेश

बुधबार, असार २७, २०८०
honor mob  winter sales

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको  रिटको सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

Honor x7 pad

मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई यो मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।    

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले प्रदेश सभामा सभामुख गौतमको हस्ताक्षरसहितको बहुमत पुर्‍याइएको सम्बन्धमा पनि प्रदेश प्रमुख पर्शुराम खापुङलाई कारण देखाउन आदेश दिएको छ।

नेकपा एमालेका निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई मान्यता दिएर उद्धव थापाको नेतृत्वमा गठन गरिएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्