लक्ष्मी जयन्तीको अवसरमा अनेसास बेल्जियमको अधिबेशन सम्पन्न

बुधबार, कात्तिक २९, २०८०
honor mob  winter sales

बेल्जियम। बेल्जियमको साहित्यिक क्षेत्रमा अनवरत रुपले क्रियाशील संस्था अनेसास बेल्जियमको आईतवार अधिबेशन सम्पन्न भएको छ । 

Honor x7 pad

महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्म जयन्तीको अवसरमा सम्पन्न अधिबेशनका उद्घाटन गर्दै बेनेलुक्स (बेल्जियम, लक्जम्वर्ग र नेदरल्याण्ड) का लागि नेपाली राजदुत गेहेन्द्रराज भण्डारीले अनेसासले बेल्जियममा नेपाली भाषा, साहित्य र कलाको संरक्षण र सम्वर्धनका लागि पुर्याएको योगदान र सहयोगको प्रशंसा गर्दै आगामी दिनमा अझ बढि घनिभूत रुपले यस क्षेत्रमा क्रियाशील रहन आग्रह गरे। 

समाजका अध्यक्ष डिल्ली अम्माइको अध्यक्षता सम्पन्न अभिबेशनले आगामी दुई बर्षे कार्यकालकालागि सौरभ रञ्जितकारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । 

समाजको उपाध्यक्षमा लोकनाथ शर्मा, महासचिबमा गोपाल दाहाल, सचिबमा जमुना बास्तोला, कोषाध्यक्षमा श्रीराम प्रसाई र सदस्यहरुमा मुना ताम्राकार,  कौशल खनाल, बिना खतिवडा, लिलाधर पन्त र बिनोद शाहीलाई चयन गरिएको छ । 

साहित्यकार गिरी पुस्तक विमोचन ढकालको लोकार्पण

सोही अवसरमा साहित्यकार एवंम् कवि बिमल गिरीको नविन मुक्तक संग्रह ‘अजम्वरी’को विमोचन गरिएको थियो । 

बेल्जियम लगायत युरोपभरी नेपाली भाषा र साहित्यको क्षेत्रमा परिचित गिरीको जन्म भोजपुर साल्पासिलिछो ६ सालेवामा भएता पनि पछिल्लो समयमा डेढ दशक भन्दा बढि समय देखि बेल्जियममा बस्दै आएका छन् ।

त्यस्तै नुवाकोटको ढिकुरी बजारमा जन्म भई विगत डेढ दशक देखि अमेरिकमा बसेर कलम चलाउदै आएका अर्का साहित्यकार एवंम् संचारकर्मी पुरुषोत्तम ढकाल दुई कृति ‘भगवानलाई प्रश्न’ र ‘बडरलेस ड्रिम्स’को पनि सोहि कार्यक्रममा संयुक्त रुपमा लोकार्पण गरिएको थियो ।  

कार्यक्रममा कौशल खनाल, गोपाल दाहाल, श्रीराम प्रसाई, ब्रम्ह्दत्त वाग्ले, जमुना गैरे बास्तोला, परमानन्द सापकोटा, विमल गिरी, सौरभ कारन्जित, चन्द्र शर्मा, पंचम अधिकारी, लोकनाथ शर्मा, दिपेन्द्र केसी तथा डिल्ली अम्माइले आआफ्नो रचना बाचन मार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रति श्रद्धासुमन व्यक्त गरेका थिए । 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्