कोशी सरकार गठन प्रक्रिया गलत भएको भन्दै परेको रिटको सुनुवाइ आइतबार

शुक्रबार, असार २२, २०८०
honor mob  winter sales

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया गलत भएको भन्दै सर्वोच्च अदालतमा आज परेको रिटको आइतबार सुनुवाइ हुने भएको छ।

Honor x7 pad

आज परेको रिटको पेशी सर्वोच्च अदालतमा  २४ गते आइतबार बिहान १० बजेको लागि तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ।

सरकारमा बहुमत पुर्याउनु प्रदेश सभा सभामुखको समेत हस्ताक्षर गराइ नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो।

आज कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की  सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए। 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्