Dashain Banner
Dashain Banner

कांग्रेसबाट निर्वाचित रुन्टीगढी - ४ का वडाध्यक्ष पुनको निधन

बुधबार, असार २७, २०८०

दाङ । नेपाली कांग्रेसबाट निर्वाचित रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ रोल्पाका ३९ वर्षीय वडाध्यक्ष टंकबहादुर पुनको निधन भएको छ ।

आज  दिउँसो १२ बजे उपचारका क्रममा वडाध्यक्ष पुनकोघोराहीस्थित राप्ती प्राविधिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो।

स्क्रब टाइफस कारण बिरामी भएका पुनलाई रोल्पाबाट उपचारका लागि हिजो मात्रै दाङको लगिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिएका छन् ।

आफै मोटरसाइकल चलाएर अस्पताल गएका पुनको आज १२ बजे मृत्यु भएको पालिका उपाध्यक्ष सरिता केसीले बताइन् ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्