प्रहरी समक्ष रिगलले गरे आत्मसमर्पण

बिहीबार, कात्तिक १६, २०८०
honor mob  winter sales

काठमाडौं । राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएका बाँकेका योगराज ढकाल (रिगल) ले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

Honor x7 pad

सर्वोच्च अदालतले रिगलको कैद मिनाहलाई बदर गर्दै आज पुनः पक्राउ गरि थुनामा पठाउन आदेश दिएको केहीबेरमै रिगलले न्यायालयको आदेश सिरोपर गर्दै बाँके प्रहरीमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए।

रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ। उनलाई काठमाडौं पठाइने वा के गर्ने बारेमा आदेशको प्रतीक्षा गरिरहेको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्