बेल्जियमकी स्तुति टप मोडलको नम्वर एक पोजिसनमा

बिहीबार, कात्तिक १६, २०८०
honor mob  winter sales

युरोप व्युरो, बेल्जियम। बेल्जियममा कला तथा मनोरंजमा सर्वाधिक लोकप्रिय कार्यक्रम टप मोडल बेल्जियम किड्सको सेमी फाईनलमा बेल्जियम निवासी नेपालीमूलकी स्तुति बस्नेत हालसम्म अग्रस्थानमा देखिएकी छिन । 

Honor x7 pad

आयोजकले मंगलवार आम नागरिकद्धारा गरिएको भोटिङको आधारमा प्रकाशन गरेको तालीकामा स्तुति अग्र स्थानमा देखिएकि छिन । यद्धपी कार्यक्रमको अन्तिम परिणाम भने आगामी नोभेम्वर ६ तारिख आउने उनका पिता बुद्ध बस्नेतले जानकारी दिएका छन्। 

टपमोडल बेल्जियम किड्स एकेडेमिका अनुसार यो पटक बेबी गल्स, किड्स गल्स, जुनियर गल्स, टिन गल्स, बेबी किड्स, जुनियर व्यायज टीन व्यायज गरी सात विधामा प्रतिस्प्रधा हुदैछ । स्तुति भने किड्स गल्समा भाग लिएकी छिन । 

टिनिन निवासी स्तुतिका बुवा बस्नेतका अनुसार स्तुति हालसम्म अग्र स्थानमा रहेको हुँदा उनको मनोबललाई उच्च बनाउन र भबिष्य निर्धारण गर्न संसारभरीबाट नोभेम्वर ५ सम्म अनलाईन भोटिङ गर्न सबैमा नेपाली समुदाय तथा अन्य समुदायसंग आग्रह गरेका छन् । यसका लागि ‘टिएमबि किड्स एकेडेमी डट भोट फर मि’ मा गएर स्तुति १६७ नम्वरमा भोटिङ गर्नु पर्ने हुन्छ । 

पाँच बर्षीया स्तुतिले पनि बुवाको फेसबुक मार्फत आफुलाई भोटिङ गर्न सबैलाई आग्रह गरेकि छिन। 
आयोजकले टप मोडल किड्स बेल्जियममा सहभागि हुन गत अप्रिल १२ मा सुचना प्रकाशन गरेको थियो । स्तुति भने मे ३ को अडिसनबाट उक्त प्रतियोगितामा छनौट भएकि थिईन । 
५ बर्षीय स्तुतिलाई आयोजकले प्रत्येक महिना क्याट वाक, नृत्य र आत्म बिश्वास अभिबृद्धिका लागि तालीम आयोजना गर्ने गरेको स्तुतिकी आमा सुनिता बस्नेतले बताईन ।  

स्तुतिको यो अभियानमा होटल स्पेगल, सेन्टक्लासका संचालक अनिल थापा तथा योगिता थापाले पूर्ण रुपमा र पुजा डंगोलले आंशिक रुपमा सहयोग गरिरहेको उनको पारिवारिक शुत्रले बताएको छ । कार्यक्रमको सेमीफाइनल ५ नोभेम्वरमा आन्तर्पेनमा हुदैछ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्